Skip to main content

रास्वपाका रविले प्रतिनिधिसभामा राई, लिम्बु समुदायको अभावमा माफी मागे

समाचार सारांश

संपादकीय समीक्षा पश्चात् तयार पारिएको।

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले प्रतिनिधिसभामा राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन्।
  • पार्टीभित्र समावेशीतालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) के सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन् ।

बिहीबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले माफी मागेका हुन् ।

‘म दुःखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ रविले भनेका छन्, ‘म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’