Skip to main content

इन्दु बर्मा सहभागी टोरन्टो सिक्सर्सले जित्यो क्यानडा सुपर ६० महिला क्रिकेट उपाधि

१८ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सहभागी टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० महिला क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ। आइतबार बिहान सम्पन्न फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। ८६ रनको लक्ष्य टोरन्टोले ३ बल बाँकी छँदा पूरा गर्‍यो। इन्दुले विजयी रन प्रहार गर्दै १५ रनमा अविजित रहिन्। उनले बलिङमा पनि १ विकेट लिएर एक रनआउट गराएकी थिइन्। इन्दुले प्रतियोगितामा ४ खेलमा ४ विकेट लिए। टोरन्टोले पहिलो खेलमा भ्यानकुभर वारियर्ससँग पराजित भए पनि पछि भ्यानकुभर एङ्कर्सलाई हराएको थियो भने इलिमिनेटर खेलमा पुनः भ्यानकुभर एङ्कर्सलाई पराजित गर्दै फाइनलमा पुग्न सफल भयो।