
नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टीमको ओडिआई कप्तानमा नियुक्त गरेको छ। क्यानले रोहित पौडेललाई उक्त जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानको रूपमा चयन गर्ने निर्णय गरेको हो। सन्दीप लामिछाने अब नेपाली टोलीको ओडिआई फर्म्याटको नेतृत्व गर्ने भएका छन्। २५ साउन, काठमाडौं।
लेग स्पिनर सन्दीप लामिछाने नेपाली ओडिआई क्रिकेट टोलीका नयाँ कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआई कप्तान नियुक्त गरेको हो। सन्दीप चार वर्षपछि कप्तानी जिम्मेवारीमा फर्किएका हुन्। सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानी बाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन्।
सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्। आइसीसी विश्वकप लिग–२ मा नेपालको खराब प्रदर्शन भएपछि कप्तान परिवर्तन गरिएको हो। यससँगै रोहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन्। क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० कप्तान नियुक्त गरेको थियो।





