Skip to main content

गुन्जन शाह ठकुरी को नेपाल क्रिकेट संघको सदस्यमा मनोनयन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गुन्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को सदस्यको रूपमा मनोनित गरेको छ। १८ असोज, काठमाडौं। राखेप सदस्य सचिवस्तरका निर्णयअनुसार गुन्जनलाई क्यानको सदस्यको रुपमा मनोनयन गर्ने निर्णय गरिएको हो। नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) अनुसार राखेपबाट संघमा पदेन सदस्यको पदमा मनोनयन गर्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको हो।
यसअघि नयाँ सरकार गठनपछिको निर्णयअनुसार राखेपले छुम्बी लामालाई सदस्यबाट फिर्ता बोलाएको थियो। रिक्त रहेको उक्त स्थानमा गुन्जनलाई मनोनित गरिएको हो। उनी पूर्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको स्वकीय सचिवको रूपमा कार्यरत थिइन्।