
९ चैत, काठमाडौं । मध्यपूर्वमा जारी तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वका विभिन्न स्थानमा रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा चेतावनी जारी गरेको छ।
विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अपिल गर्दै भनेको छ, ‘विश्वभर, विशेषतः मध्यपूर्वमा बसोबास गर्ने हाम्रा नागरिकहरूलाई अझ बढी सतर्क रहन अनुरोध गर्दछौं।’
यसमा उल्लेख छ, ‘समय-समयमा हवाई मार्गहरू बन्द हुन सक्ने भएकाले यात्रामा अवरोध आउन सक्छ। मध्यपूर्व बाहेक पनि अमेरिकी दूतावासहरूलाई लक्षित गरिने सम्भावना छ।’
विदेश मन्त्रालयले थप जानकारी दिँदै भनेको छ, ‘इरानको समर्थनमा रहेका समूहहरूले विदेशमा अमेरिका र अमेरिकी नागरिकसँग सम्बन्धित स्थानहरूलाई निशाना बनाउन सक्छन्।’





