
सिरहामा मोटरसाइकल मर्मतको बिल भुक्तानी विवादपछि भएको कुटपिटमा संलग्न ६ जनाविरुद्ध हत्या आरोपमा मुद्दा दायर गरिएको छ। सिरहा प्रहरीले २५ वर्षीय आरिफ मियाँलाई नियन्त्रणमा लिएको छ भने अन्य ५ फरार व्यक्तिहरूको खोजी जारी रहेको बताएको छ। कुटपिटमा सलमान पक्षका ४ र हासिम पक्षका २ जना घाइते भएका थिए, जस मध्ये एक जनाको उपचार जारी रहेको छ भने अन्य घर फर्किसकेका छन्।
सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार मुद्दा दायर गरिएका व्यक्तिहरूमा २५ वर्षीय आरिफ मियाँ, ५० वर्षीय करिया मियाँ, २० वर्षीय अरमान मियाँ, ३४ वर्षीय हासिम मियाँ, ३० वर्षीय बक्कर मियाँ र २४ वर्षीय नइम दफाली रहेका छन्। यी सबै एउटै वडाका स्थानीय हुन्।
६ चैतमा सिरहा नगरपालिका–१२ सारर्श्वरमा स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको बिल भुक्तानी समस्या भएर विवाद हुँदा कुटपिटमा परिणत भएको थियो। घाइतेहरूको उपचार प्रादेशिक अस्पताल सिरहामा गरिएको थियो।





