Skip to main content

मीन विश्वकर्माले बदलिएको कांग्रेसको हार छुपाउने शैलीमाथि व्यंग्य गरे

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोपेको भन्दै तीव्र व्यंग्य गरेका छन्। सोमबार फेसबुकमार्फत अभिव्यक्ति दिँदै विश्वकर्माले रास्वपाले पुराना दलहरूलाई गाली गरेर दुई तिहाइको सत्ता हात पारेको बताएका छन्।

‘रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुई तिहाइ सिट ल्यायो,’ विश्वकर्माले लेखेका छन्, ‘तर बदलिएको कांग्रेसले समीक्षा बैठकमा ०४६ सालपछि का आफ्नै अग्रजहरूलाई दोष लगाएर हारको लाज छोप्यो! कस्तो संयोग हो यो।’