Skip to main content

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिंग और स्विस फ्रैंक के मूल्य में वृद्धि


१० चैत, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिंग र स्विस फ्रैंकको मूल्य आज बढेको छ। लगातार बढ्दै आएको अमेरिकी डलरको एकाइ खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरोको एकाइ खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिंगको एकाइ खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्विस फ्रैंकको एकाइ खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको एकाइ खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानाडियन डलरको एकाइ खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलरको एकाइ खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआनको एकाइ खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियालको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाटको एकाइ खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, युएई दिरामको एकाइ खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेटको एकाइ खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनरको एकाइ खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनरको एकाइ खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलरको एकाइ खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, कुवेती दिनारको एकाइ खरिददर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा रहेको छ।

बहराइन दिनारको एकाइ खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियालको एकाइ खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।