
१२ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्न लागेको छ।
बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा आयोजना गरिनेछ।
बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी छलफल हुने रास्वपाले जनाएको छ। केन्द्रीय समितिको निर्णय पश्चात् रास्वपाको संसदीय दलले बालेनलाई दलको नेता चयन गर्ने तयारीमा छ।
आजै नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहणपछि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
आजको बैठकपछि संसदीय दलको नेता चयन भएसँगै शुक्रबार बालेन प्रधानमन्त्री नियुक्त हुन लागेका छन्। उनको शपथ ग्रहणको मिती पनि तोकिसकिएको छ।
रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषित गरिसकेको थियो। रास्वपा र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख गरिएको थियो।





