Skip to main content

सार्वजनिक यातायात में सीसीटीवी कैमरा अनिवार्य करने की सरकार की घोषणा

१४ चैत, काठमाडौँ। सरकारले सार्वजनिक यातायातका सबै प्रकारका साधनहरूमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गर्ने घोषणा गरेको छ। सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोक्ने उद्देश्यले सबै सवारी साधनमा सीसीटीभी स्थापना गर्ने निर्णय लिइएको हो। यसैगरी, राइड–शेयरिङ एपहरूमा एसओएस बटन राख्न अनिवार्य गरिनेछ, साथै आकस्मिक र खतरा सूचनाहरू प्रहरीसम्म तुरुन्तै पुर्‍याउने व्यवस्था आगामी ३० दिनभित्र जिल्ला स्तरिय सरकारले कार्यान्वयन गर्ने जनाएको छ। महिला यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सरकारले सातै प्रदेशमा निशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना बनाएको छ। पहिलो चरणमा १०० दिन भित्र कम्तीमा २५ वटा बस सेवा सञ्चालनमा ल्याउने योजना तयार गरिएको छ।