Skip to main content

एमालेले आकस्मिक सचिवालय बैठकको सूचना जारी गर्यो


१८ चैत, काठमाडौं। नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले फेसबुकमार्फत सचिवालय बैठक बस्ने जानकारी दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको सम्बोधनप्रति असन्तुष्टि व्यक्त गर्दै पौडेलले सचिवालय बैठकमा यस विषयमा छलफल गरिने बताउँदै आएका छन्।

कार्यालय स्रोतका अनुसार भोलि दिउँसो १ बजे सचिवालय बैठक बस्ने रहेको छ।