Skip to main content

गृहमन्त्री गुरुङ का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल में आकस्मिक निरीक्षण

१९ चैत, काठमाडौं। गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रूपमा अनुगमन गरेका छन्। केही समय पहिले विमानस्थल पुगेर उनले अनुगमन प्रक्रिया आरम्भ गरेका हुन्। अनुगमनको क्रममा, उनले भीआईपी कक्ष, अध्यागमन विभाग, यात्रुहरूको आगमन तथा प्रस्थान कक्षहरूको अवलोकन गरेका थिए। सार्वजनिक रुपमा विमानस्थलमा बारम्बार देखापर्ने समस्या र समाधानका लागि उठेका मागहरूलाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले उक्त अनुगमन गरेका हुन् भन्ने जानकारी उनी निकट स्रोतहरूले दिएका छन्। अनुगमन अवधिमा उनले सेवाग्राहीलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्यका साथ सम्बन्धित कर्मचारीहरूलाई कडा निर्देशन दिएका थिए। विदेशबाट फिर्ता भएका नागरिकहरूले विमानस्थलमै भोग्नुपर्ने समस्या अन्त्य गर्न पनि उनले अनुरोध गर्दै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन्। साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत सामानहरूको अनावश्यक जाँचबाट पनि सेवाग्राहीलाई कष्ट नहोस् भनी उनले निर्देशन दिएका छन्।