Skip to main content

चीन तथा कजाखस्तान जाने नेपाली बुद्धिचाल टोलीको बिदाई

नेपाली बुद्धिचाल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्काका सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाई गरेका छन्। टोलीले चीनमा अप्रिल ७ देखि १२ सम्म आयोजना हुने आठौँ सांघाइ को–ओपरेसन अर्गनाइजेसन अन्तर्राष्ट्रिय टिम चेस प्रतियोगितामा ३ खेलाडीहरूको सहभागिता जनाउनेछ। यस टोलीमा रुपेश जैश्वाल, आशिष फुयाल र कृतिशरा अधिकारी रहेका छन्। व्यवस्थापकको रूपमा ताराबहादुर रानाभाट नियुक्त भएका छन्।

अर्को टोली कजाखस्तानको अल्माटीमा अप्रिल ६ देखि ११ सम्म आयोजना हुने एसियाली महाद्वीपीय चरण एफआइडीई आईएससीएफ वर्ल्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडीहरूको सहभागिता हुनेछन्। यस टोलीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टम्टा र आकर्षण कुँवर रहेका छन्। व्यवस्थापक निराजन प्रजापति र प्रशिक्षक रिजेन्द्र राजभण्डारी रहेका छन्। दुवै टोली आइतबार आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्नेछन्।