Skip to main content

आजको विदेशी मुद्राको विनिमय दर यसरी रहेको छ

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिद दर १४८ रुपैयाँ ६७ पैसा र बिक्री दर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। युरोपियन युरोको खरिद दर १७१ रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिद दर १९६ रुपैयाँ १३ पैसा र बिक्री दर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्कको खरिद दर १८५ रुपैयाँ ७८ पैसा र बिक्री दर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर १०२ रुपैयाँ ०३ पैसा र बिक्री दर १०२ रुपैयाँ ४४ पैसा, क्यानडियन डलरको खरिद दर १०६ रुपैयाँ ७९ पैसा र बिक्री दर १०७ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलरको खरिद दर ११५ रुपैयाँ ४४ पैसा र बिक्री दर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३१ पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआनको खरिद दर २१ रुपैयाँ ५५ पैसा र बिक्री दर २१ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३९ रुपैयाँ ६१ पैसा र बिक्री दर ३९ रुपैयाँ ७७ पैसा, कतारी रियालको खरिद दर ४० रुपैयाँ ७८ पैसा र बिक्री दर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर चार रुपैयाँ ५३ पैसा र बिक्री दर चार रुपैयाँ ५५ पैसा, युएई दिरामको खरिद दर ४० रुपैयाँ ४८ पैसा र बिक्री दर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनरको खरिद दर २२ रुपैयाँ ९२ पैसा र बिक्री दर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनारको खरिद दर ४८४ रुपैयाँ ५० पैसा र बिक्री दर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनारको खरिद दर ३९३ रुपैयाँ ७८ पैसा र बिक्री दर ३९५ रुपैयाँ ३६ पैसा, ओमनी रियालको खरिद दर ३८६ रुपैयाँ २१ पैसा र बिक्री दर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमय दरलाई जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।