Skip to main content

७७ जिल्लाओं में केन्द्रीय प्रतिनिधियों की सूची जारी

२१ चैत, काठमाडौं। नेपाली कांग्रेस ने आफ्नो १५औं महाधिवेशनको प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ। कांग्रेसले आगामी बैशाखदेखि जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरक्रिया कार्यक्रम गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिहरू बैशाख महिनाभर जिल्लामा रहेका सदस्यताहरू व्यवस्थित वितरण गर्ने, पुराना सदस्यहरूलाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका लागि विधान अनुसार व्यवस्था गर्ने र अन्य जिम्मेवारीहरू पुरा गर्नेछन्।

महाधिवेशनको लागि कांग्रेसले १ बैशाखदेखि मसान्तसम्म देशभरि वडाहरूमा सक्रिय सदस्यता वितरण र अद्यावधिक गर्ने तालिका बनाएको छ। बैशाखभर एक महिनाको सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ। एक महिनाको सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले सक्रिय सदस्यताको विवरण १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्नेछ। त्यसपछि क्षेत्र र जिल्लाले सदस्यता इन्ट्री गरेर २५ जेठसम्म केन्द्रमा पठाउनुपर्नेछ। केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी अन्तिम निर्णय गर्ने मिति १५ असार तोकेको छ।

असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाइसकिएको हुनेछ। प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी असोज (१६–१९) मा १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो। कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फाराम वडातर्फ पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरिएको छ।