Skip to main content

निशा डाँगीले भनिन्: दलबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुनु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधि सभा बैठकमा दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुनु हुँदैन भनेर स्पष्ट पारेकी छन्। उनले भनिन्, “हामी यहाँ शासन गर्न होइन, सेवा गर्न आएका छौँ भन्ने भावनाले हरेक कदमलाई मार्गनिर्देशन गर्नुपर्नेछ।” २३ चैत, काठमाडौं।

सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितमा सहकार्य अनिवार्य रहेको र प्रतिस्पर्धा भने रहोस् तर द्वन्द्व हुनु हुँदैन भनीे बताइन्। उनले थपिन्, “विचारमा भिन्नता स्वाभाविक छ, तर राष्ट्रिय हितमा सहकार्य आवश्यक छ।”