
२३ चैत, काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनको तयारीको रूपमा मतदाता नामावली संकलन र अद्यावधिक कार्यमा मातहतका समितिहरूलाई सक्रिय रहन निर्देशन दिएको छ। निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली संकलन पुनः सुरु गरेको जानकारी गराएको छ। साथै, निर्वाचन कार्यालयले सबै नगरपालिका र वडा समितिहरूलाई सो विषयमा आवश्यक कार्यवाही गर्न पत्रमार्फत आदेश गरेको छ।





