Skip to main content

नागढुंगा सुरुङ सञ्चालनका लागि शुल्क दर सार्वजनिक

सरकारले नागढुंगा सुरुङ प्रयोग गर्दा सर्वसाधारणले तिर्नुपर्ने शुल्क दर २६ साउन २०७८ मा निर्धारण गरेको जनाएको छ। कार, भ्यान, पिकअप र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बिहीबार शुल्क दर सार्वजनिक गरेको हो। सार्वजनिक शुल्क अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस र ट्रक (सिंगल रियर एक्सल) का लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ। मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।