Skip to main content

राष्ट्रिय योजना आयोगमा ६ सदस्यहरूको नियुक्ति

२६ चैत, काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्यहरूको नियुक्ति गरेको छ। योजना आयोगका सदस्यहरूमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा, र डा. पुकार मल्ल रहेका छन्। सदस्य थापा पूर्व भौतिक मन्त्रालयका सचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्राध्यापक हुन्।

त्यसैगरी, डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का वरिष्ठ फेलो हुन्। रेशु अर्याल शिक्षाविद् हुन् र उनी पहिले बालेन शाहको नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकामा मेयरको सल्लाहकारका रूपमा कार्यरत थिए। प्रा. डा. सुदन झा काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. पुकार मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन्। उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन्। यसअघि सरकारले योजना आयोगका उपाध्यक्षको रूपमा डा. गुणाकर भट्टलाई नियुक्ति गरेको थियो।