सार्वजनिक सवारीमा अनिवार्य आरक्षित सिट नराख्दा कडाइका साथ कारबाही गर्ने सरकारको चेतावनी

२७ चैत, काठमाडौं । सार्वजनिक सवारीसाधनहरूमा आरक्षित सिट अनिवार्य रूपमा नराखिएमा कडाइका साथ कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको छ। यात्रुवाहक सवारीसाधनहरूमा चार सिटहरू अशक्त व्यक्तिहरूका लागि र दुई सिटहरू महिलाहरूका लागि आरक्षित गरिन्छ। लामो तथा छोटो दुरीका सवारीसाधनहरूले यी आरक्षित सिटहरू अनिवार्य रूपमा नराखेकाले विभागले कारबाहीको चेतावनी जारी गरेको हो।
विभागले लामो दूरीका सवारीसाधनहरूमा गन्तव्य स्थानतर्फ प्रस्थान कम्तिमा चार घण्टा पहिले नै सिटहरू सुरक्षित गरेर राख्नुपर्ने स्पष्ट पारेको छ। साथै, सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने क्रममा पनि सोही विषयमा स्मरण गराइएको थियो।





