गृहमन्त्रीले कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण गर्नुभयो

२८ चैत, काठमाडौं। गृहमन्त्री सुधन गुरुङले चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षण गर्नुभएको छ। शनिबार, उहाँले सो तालिम शिक्षालयमा पुगेर त्यस क्षेत्रको सेवासुविधा र व्यवस्थापन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्नुभएको हो। निरीक्षणका क्रममा मन्त्री गुरुङले त्यहाँका भौतिक समस्या र विपद् व्यवस्थापन कार्यहरूबारे विस्तृत जानकारी लिएका थिए। यस क्रममा उहाँले कम्तीमा पाँच किलोमिटरको दूरीमा हेलिप्याड स्टेशन स्थापना गर्न निर्देशन प्रदान गर्नुभयो।
निरीक्षण कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकारीहरू सहित चितवन जिल्ला सिडिओ गणेश अर्याल, सशस्त्र प्रहरीका एसएसपी भरत खनिया, सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे पनि उपस्थित थिए।





