
तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको छ। सो घटनामा पर्खालमा च्यापिएर ३६ वर्षीय देशराज पासवान गम्भीर रूपमा घाइते भएका छन्। घाइतेलाई प्राथमिक उपचारपछि कोहलपुर शिक्षण अस्पतालमा लगिएको छ। मिति २९ चैत, दाङ।
दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार, स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किंदा तीर्थराम पासवानको मृत्यु पुष्टि भएको छ। त्यही पर्खालमा च्यापिएर देशराज पासवान गम्भीर घाइते भएका छन्।





