
३० चैत, काठमाडौं । काठमाडौंको दक्षिणकाली क्षेत्रमा कार दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ। दक्षिणकाली नगरपालिका-८, केराबारीस्थित सडकबाट कार खसेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट करिब ५०० मिटर तल खसेको थियो। प्रहरीका अनुसार कारका चालक, काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्का, दुर्घटनास्थलमै मृत्यु भएका छन्।





