Skip to main content

अनुज चनाराले अन्यायको आरोप लगाउँदै कर्णाली प्रदेश टोली छाड्ने घोषणा गरे

कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोलीबाट पाइएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदेशको टोली छाड्ने घोषणा गरेका छन्। उनले विगत तीन वर्षदेखि खेलमा पर्याप्त अवसर नपाएको गुनासो गरेका छन् भने ५० ओभरको खेलमा प्रायः २–४ ओभर मात्र बलिङ गर्न पाएको बताए। चनाराले कप्तान र प्रशिक्षकलाई पटक-पटक प्रश्न गर्दा जवाफमा ‘स्पिन ट्र्याक छ’ भनिएको र यी सबै कारणले कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेका छन्।

अनुज चनाराले सामाजिक सञ्जालमा स्टाटस राख्दै टिमभित्र अन्याय भोगेको उल्लेख गरेका छन्। उनले भने, ‘मैले सधैं कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु। तर विगत तीन वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु।’ उनले तीन वर्षदेखि आफूलाई खेलमा पर्याप्त अवसर नदिइएको गुनासो व्यक्त गरेका छन्।

प्लेइङ ११ मा रहे पनि ५० ओवरको खेलमा प्रायः २–४ ओवर मात्र बलिङ गर्न पाएको, राम्रो प्रदर्शन गर्दा पनि पूरा १० ओभरको स्पेल नपाएको बताएका छन्। चनाराले कप्तानले भनेका छन्, ‘माथिबाट जे आदेश आउँछ, त्यही गर्छु’ भनेर केही खेलहरूको आफ्नो प्रदर्शनसमेत उल्लेख गरेका छन्। यी सबै परिस्थितिलाई मध्यनजर गर्दै उनले कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेका छन्।