
इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन वैशाख १ देखि २१ सम्म सञ्चालन गर्ने घोषणा गरेको छ। यस क्याम्पेनमा प्रत्येक राइडको लागि १ लक्की ड्र टिकट प्रदान गरिनेछ र मेगा गिभअवेमा भाग लिन कम्तीमा २ कारोबार खल्ती एपमार्फत गर्नुपर्नेछ। प्रमुख पुरस्कारमा १० वटा अनर एक्स ७ डी स्मार्टफोनसहित प्रोमो कोडमार्फत क्यासब्याक र एयरलाइन प्रोमो कोड पनि समावेश गरिएको छ।
२ वैशाख, काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन सुरु गरेको छ। यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपबाट राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। नयाँ वर्षको समयमा परिवार र साथीसँग भेटघाट गर्न धेरैले यात्रा गर्ने भएकाले प्रत्येक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउन यो क्याम्पेन ल्याइएको इनड्राइभले जनाएको छ।
वैशाख १ देखि सुरु भएको क्याम्पेन वैशाख २१ सम्म सञ्चालन हुनेछ। क्याम्पेनमा हरेक राइडमा १ लक्की ड्र टिकट प्राप्त हुनेछ (जति धेरै राइड, उति धेरै जित्ने मौका) भनी इनड्राइभले जानकारी गराएको छ। मेगा गिभअवेमा सहभागी हुन राइड पूरा गरेपछि प्रयोगकर्ताले खल्ती एपमार्फत कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ जुन कारोबार ड्राइभरको खल्तीमा पठाइनेछ। कम्पनीका अनुसार प्रमुख पुरस्कारका रूपमा १० वटा अनर एक्स ७ डी स्मार्टफोन मेगा गिभअवेमा प्रदान गरिनेछ। साथै, प्रोमो कोड पुरस्कारका रूपमा १ हजार जनालाई १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रुपैयाँ), १ हजार जनालाई २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड र १०० जनालाई खल्ती प्रोमा अपग्रेड गरिनेछ।





