
४ वैशाख, पोखरा। प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफीले पोखराको बजारमा औपचारिक रूपमा आफ्नो प्रवेश गरेको छ। कम्पनीले आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा नयाँ आउटलेटको शुभारम्भ गरेको छ। यस सहकार्यमार्फत ग्राहकहरूलाई केवल कफीको स्वाद मात्र नभई आधुनिक डिजाइन र नवीनतम स्पेससँगै एउटा नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। माउन्टेनमग कफीले छोटो समयमै प्रिमियम कफी ब्रान्डको रूपमा आफ्नो पहिचान स्थापित गरेको दाबी गरेको छ। हाल माउन्टेनमग कफीका नेपालमा चारवटा आउटलेटहरू सञ्चालनमा रहेका छन्। पर्यटकीय शहर पोखरामा स्थापना गरिएको यो आउटलेटले नेपाली कफीको लोकप्रियता बढाउने र स्थानीय कफी संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा कम्पनीको छ।





