
७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्यहरूलाई मनोनीत गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ती ६ सदस्यहरूको मनोनयन गर्ने निर्णय गरेको छ, जसको जानकारी पार्टी प्रवक्ता मनीष झाले दिएका छन् । प्रवक्ता मनीष झाकाका अनुसार तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई मञ्चमा मनोनीत गरिएको छ । यसअघि उज्यालो पार्टीबाट आएका सदस्यहरू र पछि कुलमान घिसिले पार्टी छाडेपछि रास्वपामा रहेका सदस्यहरूलाई पनि यस मञ्चमा समावेश गरिएको छ ।





