
११ वैशाख, बैतडी। बैतडीमा भरुवा बन्दुक पड्किँदा छर्रा लागेर घाइते भएका सुर्नया गाउँपालिका–२ का ४५ वर्षीय वडासदस्य दानबहादुर ऐरीको निधन भएको छ। आफैले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारपछि घर फर्काउने क्रममा शुक्रबार दिउँसो करिब ३ बजे बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्स्पेक्टर बलदेव बडूले जानकारी दिएका छन्। मृतक ऐरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ।





