Skip to main content

भन्सार छलीबाट बरामद २२ थान इलेक्ट्रिक स्कुटर

११ वैशाख, वीरगञ्ज । सशस्त्र प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली गरी भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बिहीबार पर्साका विभिन्न स्थानबाट करिब १७ लाख ३० हजार रुपैयाँ मूल्य पर्ने २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
उनका अनुसार वीरगञ्ज महानगर–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, सिर्सियानाकाबाट सात थान र विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठाबाट एक थान गरी जम्मा २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको हो। –रासस