Skip to main content

तीन सहायक रथीलाई उपरथी पदमा बढुवा

नेपाली सेनाका तीन सहायक रथी डा. भरतबहादुर भण्डारी, माधव थापा र शक्तिजंग बस्नेतलाई १० वैशाखमा बसेको मन्त्रीपरिषद्को बैठकले उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। १६ वैशाख, काठमाडौं। नेपाली सेनाका यी तीन सहायक रथीलाई उपरथी पदमा बढुवा गरिएको छ। यसमा प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा तथा सहायक रथी शक्तिजंग बस्नेत समावेश छन्। १० वैशाखमा भएको मन्त्रीपरिषद्को बैठकले उनीहरूको बढुवा अनुमोदन गरेको थियो। प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उनीहरूलाई बढुवा प्रमाणपत्र र दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।