Skip to main content

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

समाचार सारांश: हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट वडा सदस्य मक्कबहादुर रोकायुलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका रोकायुलाई १ थान भरुवा बन्दुक, १२ थान फलामको रडको गोली, ७ थान ढुंगाको गोली र ११० ग्राम बारूदसहित पक्राउ गरिएको छ। डीएसपी शंकर खडकाले स्टेन लल स्टिल लेखिएको चुक्कु पनि लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जानकारी दिनुभयो। १९ वैशाख, हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरुवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन्। ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन्। भरुवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। ११० ग्राम बारूद शुद्ध तौल ९० ग्राम रहेको स्टेन लल स्टिल नाम लेखिएको चुक्कु १ थान लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको डीएसपी शंकर खडकाले बताए। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।