Skip to main content

आज रास्वपा सचिवालयको बैठक, स्थानीय तहको उम्मेदवार छनोट योजना छलफल गरिने

२० वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा हुने बैठकमा स्थानीय तहका उम्मेदवार छनोटको रूपरेखा सम्बन्धमा छलफल गरिने जानकारी प्रवक्ता मनिष झाले दिनुभएको छ।

साथै, महाधिवेशनको कार्यविधि तथा संसदीय दलको विधान संशोधनसम्बन्धी विषयलाई पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ। विविध शीर्षकमा समसामयिक परिस्थितिहरूको सम्बन्धमा पनि छलफल गरिने बताइएको छ। बैठकमा सबै सचिवालय सदस्यहरूको उपस्थितिलाई अनिवार्य बनाउने निर्देशन सभापति रवि लामिछानेले दिइसकेका छन्।