Skip to main content

सशस्त्र प्रहरी महानिरीक्षक पौडेल को दर्ज्यानी चिह्न प्रदान

२१ वैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न लगिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा सचिव राजकुमार श्रेष्ठले स्वयं दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) पदमा बढुवा गर्ने निर्णय गरेको थियो। १८ वैशाखदेखि तत्कालीन आईजीपी राजु अर्यालको सेवाबाट निवृत्त भएपछि पौडेलले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेका छन्।