Skip to main content

रुपन्देही एवं पोखरामा जुवा खेलिरहेका २९ व्यक्ति गिरफ्तार

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको हालतमा १९ जना गिरफ्तार भएका छन्। प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थान बरामद गरेको छ। २३ वैशाख, काठमाडौं।

पोखरा महानगरपालिका–१३ काहुँखोलामा जुवातास खेलिरहेको अवस्थामा ५१ वर्षीय चित्रबहादुर रानाभाटसहित १० जना गिरफ्तार भएका छन्। उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित वडा प्रहरी कार्यालय रामबजारबाट गिरफ्तार गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले गत रात उक्त क्यासिनोमा उनीहरूलाई गिरफ्तार गरेको हो।