
२३ वैशाख, काठमाडौं । रास्वपा सांसद सागर ढकाल ने बाँदर और बँदेल समस्याको समाधानका लागि विशेष नीति लागू करना आवश्यक बताया है। बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसार कृषि नीति कार्यान्वयनमा जोड दिन आग्रह गरे। ‘बाँदर तथा बँदेल समस्याको समाधानका लागि पनि विशेष नीति लागू गर्नुपर्छ। बाँदर मार्नु पर्छ भनेर हचुवाको तालमा बोल्नु हुँदैन,’ ढकालले स्पष्ट पारे।
कृषि क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकतामा पनि उनले जोर दिए। ‘कृषि क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपायबारे सिफारिस गर्न विश्वविद्यालयलाई अनुरोध गरौं। त्यस्तै कृषि औद्योगिकरणमा पनि हामीले जोर दिन आवश्यक छ,’ सांसद ढकालले भन्नुभयो।





