कान्छारामको निलम्बनपछि रामेछाप कांग्रेसको कार्यवाहक सभापतिमा नवराज थोकर नियुक्त

नेपाली कांग्रेस रामेछापको कार्यवाहक सभापति रूपमा नवराज थोकर (तामांग) लाई जिम्मेवारी दिइएको छ। जिल्ला सभापति पूर्णबहादुर तामांग (कान्छाराम) लाई केन्द्रीय अनुशासन समितिले निलम्बित गरेको छ। सभापति गगन थापाविरुद्ध तथ्यहीन आरोप लगाएको विषयमा सन्तोषजनक स्पष्टीकरण नदिँदा उनलाई निलम्बन गरिएको हो। २५ वैशाख, काठमाडौं।
सभापति थापाले बिहीबारदेखि थोकरलाई कार्यवाहक सभापतिका रुपमा जिम्मेवारी तोकेका छन्। उनलाई पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार संगठनात्मक कामहरू सञ्चालन गर्न तथा दैनिक कारबाहीहरूमा ध्यान दिन भनिएको छ।





