
२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आयोजना गरेको छ । आइतबार सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको जानकारी पार्टीका प्रवक्ता मनिष ज्ञालुले दिएका छन् । उनले बताएका छन् कि बैठक यही वैशाख ३० गते बस्ने गरी आह्वान गरिएको छ । तर, बैठकको स्थान र समय अहिलेसम्म सुनिश्चित गरिएको छैन ।





