Skip to main content

नेविसंघमा टिके प्रथा अन्त्यका लागि ब्यानर प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको अधिवेशनको माग गर्दै असन्तुष्ट विद्यार्थी नेता तथा सक्रिय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालयमा प्रश्नसहित ब्यानर टाँगेका छन्। नेविसंघका नेता पुष्करविक्रम शाहीले टिके प्रथा अन्त्य गरी नेतृत्व चयन कहिले सुरु हुन्छ भनी पार्टी नेतृत्वलाई प्रश्नसहित ब्यानर टाँगिएको बताएका छन्।

नेपाली कांग्रेसले नेविसंघसहित अन्य भ्रातृ संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद नथप्ने निर्णय गरेपछि ती संगठनहरू स्वतः विघटनको अवस्थामा पुगेका छन्। २७ वैशाख, काठमाडौं। असन्तुष्ट विद्यार्थी नेता तथा कार्यकर्ताहरूले ब्यानरमा “भ्रातृ संगठनहरूमा टिके प्रथा अन्त्य गरी नेतृत्व चयन पूर्ण रूपमा लोकतान्त्रिक पद्धतिबाट कहिले हुन्छ?” जस्ता प्रश्नहरू उठाएका छन्।

त्यसैगरी, “विद्यार्थी संगठनप्रति वर्तमान पार्टी नेतृत्वको धारणा के हो?” र “नेविसंघलाई कार्यगत स्वायत्तता प्रदान गर्ने विषयमा पार्टीले के भन्छ?” जस्ता प्रश्नहरू पनि ब्यानरमा समावेश गरिएका छन्। पार्टी भित्रको भावनात्मक एकताको स्पष्ट रेखाङ्कन के हो? भन्ने प्रश्न पनि उठाइएको छ।

नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद नथप्ने निर्णय गरेसँगै ती संगठनहरू स्वतः विघटनको अवस्थामा पुगेका छन्। हाल ती संगठनहरूमा तदर्थ समिति गठन गर्न केन्द्रबाट नेतृत्व तोक्ने तयारी भइरहेको छ।