
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित प्रकाश पाठक र ताराप्रसाद खरेलविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पाठकलाई फिलिपिन्समा लुकेको अवस्थामा फेला पारी इन्टरपोलको सहयोगमा नेपाल ल्याएको छ। २९ वैशाख, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ताराप्रसाद खरेलविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूले मिलेर अख्तियार प्रमुख राईलाई “इजीएन” नामक आतंकवादी संगठनको नाम लिएर राजीनामाको दबाव दिइरहेको प्रहरीले जनाएको छ।
आपराधिक लाभ लिन नहुने कसूर, आपराधिक षडयन्त्र गर्न नहुने कसूर, विद्युतीय कारोबार ऐन विरुद्धको कसूर र संगठित अपराध ऐन विरुद्धको कसूरमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएका छन्।




