Skip to main content

कक्षा ११ र १२ को नकली ट्रान्स्क्रिप्ट बनाउने फरार व्यक्ति पक्राउ

३० वैशाख, काठमाडौं । आफ्नै छोरीको कक्षा ११ र १२ को नकली ट्रान्स्क्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएको र त्यसपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–३ निवासी ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनेर चिनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई नियन्त्रणमा लिएको छ।

उनले आफ्नै छोरीको कक्षा ११ र १२ मा उत्तीर्ण गरेको देखाउने नकली ट्रान्स्क्रिप्टसहित अन्य कागजातहरू बनाएको आरोपमा उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रण कार्यालयले जाहेरी दिएको थियो, जसको आधारमा प्रहरीले छानबिन गरीरहेको थियो। सरकारी छाप र दस्तखतमा किर्ते कार्य गरेको आरोपमा भक्तपुर जिल्ला अदालतले २०८२ साल वैशाख ३ गते उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकेको थियो, प्रहरी स्रोतले जानकारी दिएको छ।

लगभग एक वर्षसम्म फरार रहेको उनी मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ परेका हुन्, सो कुरा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।