
३० वैशाख, डोटी। डोटीमा आफ्नै बोकेको भरुवा बन्दूक अचानक फटाकिदिएपछि एक व्यक्ति गम्भीर रूपले घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–४ बगर बस्ती निवासी २५ वर्षीय करणबहादुर दर्लामी घाइते भएका हुन्। प्रहरी स्रोतहरूका अनुसार दर्लामी घरबाट बन्दुक लिएर घर नजिकैको पिनाकेश्वर सामुदायिक वनतर्फ जाँदै थिए, तब उनी लडे। त्यसै क्रममा उनीसँग रहेको बन्दुक फटाकियो र दाहिने छातीमा छर्रा लाग्यो। छर्राले उनको पिठ्यूँसम्म छेड्ने चोट पुर्याएको प्रहरीले जानकारी दिएको छ। उनलाई धनगढीमा उपचारका लागि राखिएको छ र उनको अवस्था गम्भीर रहेको बुझिएको छ।





