
म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० को परिणामले पराजित गर्दै इङ्लिश एफए कप फुटबलको उपाधि जित्न सफल भएको छ। शनिबार राति वेम्बलीमा सम्पन्न फाइनल खेलको ७२औं मिनेटमा एन्टोइन सेमेन्योले निर्णायक गोल गरे जसले सिटीलाई विजयी बनायो। उक्त गोलमा एर्लिङ हालान्डले महत्वपूर्ण पास दिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा सिटीले दबाब बढाएर सेमेन्योमार्फत विजयी गोल गरेको थियो।
उपाधि जितेपछि सिटीका कप्तान बर्नार्डो भावुक देखिएका थिए। खेलपछि उनले बीबीसीसँग कुरा गर्दै भने, ‘मैले यहाँ आएदेखि २० वटा ट्रफी जितिसकेको छु, जुन कुनै सामान्य उपलब्धि होइन। म म्यान्चेस्टर सिटील्ाे धेरै माया गर्छु। प्रशिक्षकसँग बिताएका प्रत्येक क्षण अविस्मरणीय छन्।’ यो एफए कप म्यान्चेस्टर सिटीको आठौं उपाधि हो।





