
नेपाली सेनाले आफ्नो आधिकारिक युट्युब च्यानलबाट ‘रेन्जर’ नामक र्याप गीत सार्वजनिक गरेको छ। ‘रेन्जर’ शब्द सेनामा विशेष तालिमप्राप्त लडाकूहरूलाई जनाउँछ। तीन दिन अघि सार्वजनिक भएको यो गीतलाई आज मध्याह्नसम्म २६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतका शब्दहरू प्रताप मगरले रचेका छन्। बासुदेव धिमालले मुख्य निर्देशकको भूमिका निभाएका छन् भने सिद्धार्थ मोक्तान सहायक निर्देशकका रूपमा काम गरिरहेका छन्।
