Skip to main content

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सुरू

संक्षिप्त समाचारको समीक्षा गरिएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूमा छलफल शुरू हुँदैछ। छलफलपछि जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिनेछ। छलफल शुरू हुनु अघि नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ। ४ जेठ, काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्ने छ। आजको बैठकमा विनियोजन विधेयक अर्थात बजेटका सिद्धान्त र प्राथमिकताहरू (कर प्रस्ताव बाहेक) मा छलफल शुरू हुने छ। बैठक बिहान ११ बजे बोलाइएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको छलफल सकिएपछि, यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिनेछ। छलफल शुरू गर्नु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समिति सभापति गणेश पराजुलीले पेश गर्ने अपेक्षा गरिएको छ।