Skip to main content

कन्सल्टेन्सीहरूको निगरानी विरुद्ध फेकनको समर्थन

४ जेठ, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले नेपाल प्रहरीले शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन तथा निगरानी प्रक्रिया प्रति सकारात्मक दृष्टिकोण प्रकट गर्दै यसलाई स्वागत गरेको छ। साथै, कानुनअनुसार प्रक्रिया पूरा गरिसकेका व्यवसायीहरूलाई अनावश्यक समस्याबाट जोगाउन संवेदनशीलता र समन्वयका साथ अनुगमन गर्न सरकारसँग अनुरोध गरेको छ। फेकनले आफ्नो उक्त धारणा स्पष्ट पार्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ।