
युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारीहरूको आचरणलाई निष्पक्ष, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यले नयाँ कर्मचारी आचारसंहिता सार्वजनिक गरेको छ। यस आचारसंहिताले कर्मचारीहरूको व्यक्तिगत आचरण, कार्यालयीन व्यवहार, सेवा प्रवाह, गोपनीयता, आर्थिक अनुशासन र सामाजिक संजाल उपयोगसमेत समेटेको छ। कर्मचारीहरूले सेवाग्राहीसँग शिष्ट व्यवहार गर्नुपर्ने, घुस र पदको दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको छ भने आचारसंहिताको उल्लङ्घन भए विभागीय कारवाही हुने व्यवस्था रहेको छ। ४ जेठ, काठमाडौं।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालयमा परिणत भएपछि यस मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूलाई आचारसंहिता जारी गरिएको हो। मन्त्रालयले कर्मचारीहरूको आचरण र व्यवहारलाई सदाचारपूर्ण, सहयोगी, सेवामुखी, अनुशासित र मर्यादित बनाउने कुरामा यहाँको भूमिका रहेको बताएका छन्। नयाँ विनियमले कर्मचारीहरूको व्यक्तिगत आचरण, कार्यालयीन व्यवहार, सेवा प्रवाह, गोपनीयता, आर्थिक अनुशासन र सामाजिक संजाल उपयोगसम्बन्धी विषयलाई समेटेको छ।
आचारसंहिताअनुसार कर्मचारीहरूले सेवाग्राहीसँग शिष्ट, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्नेछ। कुनै पनि प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ लिन निषेध गरिएको छ। कार्यालय समय पूर्ण रूपमा पालना गर्न, तोकिएको पोसाक अनिवार्य रूपमा लगाउन, सहकर्मीहरूसँग सहकार्यपूर्ण सम्बन्ध राख्न र कार्यालयको गोपनीयता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिइएको छ।
सामाजिक संजालको उपयोगलाई पनि नियमन गरिएको छ। कार्यालय समयमा मोबाइल र कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक संजाल प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। पदसङ्गत हैसियतबाट मन्त्रालय वा निकायको नाममा सामाजिक संजाल प्रयोग गर्दा व्यक्तिगत पहिचान समेत खुलाउन नपाइने व्यवस्था गरिएको छ। आचारसंहिताको पालना नगरेप्रति प्रचलित कानुनअनुसार कारबाही हुने मन्त्रालयले बताएका छन्।
