Skip to main content

प्रधानन्यायधीश सिफारिसमा सेटिङको आरोप लगाउने बार एसोसियसन अध्यक्ष विजयप्रकाश मिश्र

नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायधीश सिफारिस प्रक्रियामा गम्भीर सेटिङ भएको आरोप लगाएका छन्। उनले वरिष्ठताक्रम उल्लंघन गरी न्यायाधीशको सिफारिस गरिएको र सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेको बताएका छन्। ५ जेठ, काठमाडौं।

मंगलबार बारको प्रांगणमा लालटिन बालाएर आयोजित सर्वोच्च प्रशासनको कामकारबाही प्रतिको भद्र विद्रोह कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त आरोप राखे। उनले सेटिङकै कारण लामो समयसम्म प्रधानन्यायधीश बन्न सक्ने व्यक्तिको नाम सिफारिस गरिएको बताए। ‘न्यायिक प्रक्रियामा अवरोध नहोस् भन्ने उद्देश्य लिएर म सरकारसँग आग्रह गर्न चाहन्छु, तर अहिले वरिष्ठताक्रम उल्लंघन गरी न्यायाधीश सिफारिस गरिएको छ,’ उनले भने।

मिश्रले प्रधानन्यायधीश सिफारिसमा पालो मिच्ने बाटो वर्तमान सरकारले खुलेको आरोप लगाउँदै भने, ‘दुई तिहाइ वा बहुमत पाएपछि पालो मिचिने बाटो खुल्नेछ। कानुनको पालना र नैतिकतामा आधारित न्यायाधीशमाथि प्रहार गर्ने प्रयास भइरहेको छ।’ संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश सपना मल्ललाई सिफारिस नगरी चौथो नम्बरमा रहेका मनोज शर्मालाई प्रधानन्यायधीशका लागि सिफारिस गरेको छ।