Skip to main content

मलेशियाद्वारा नेपाललाई ६८ रनको लक्ष्य तोकियो

मलेशियाले एसियन गेम्सको तयारीको लागि नेपाललाई पहिलो महिला टी-२०आई खेलमा ६८ रनको लक्ष्य दिएको छ। मलेशियाले १६.५ ओभरमा ६७ रन बनाएर अलआउट भएको थियो। नेपालका पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट झिकिन्। ६ जेठ, काठमाडौं।

एसियन गेम्सको तयारीतर्फ भइरहेको नेपाल र मलेशियाली महिला टोलीबीच पहिलो टी-२०आई खेलमा मलेशियाले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले १६.५ ओभरमा अलआउट भई ६७ रन बनाएको हो। मलेशियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाए। कप्तान मास एलिसाले ८ रन र माहिरा इजाती तथा एर्दिना बेलले समान ७-७ रन जोडे। नेपालका पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए। रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए।