Skip to main content

काठमाडौंबाट एअर गनसहित एकजनालाई पक्राउ गरियो

६ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ पाटिटारबाट एअर गनसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति काभ्रेका पाँचखाल नगरपालिका–४ का २६ वर्षीय सोक्सोम दोर्जे लामाले हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ। एसपी रामेश्वर कार्कीका अनुसार उनीसँग कालो रंगको इनामेलले लिपेटिएको एक थान एअर गन बरामद भएको छ। थप अनुसन्धानका लागि पक्राउ परेकालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।