
भारतको गोवामा सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई १-० ले पराजित गर्दै विजयी शुरुआत गरेको छ। गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार सम्पन्न खेलको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै नेपालको लागि निर्णायक बन्यो। ११ जेठ, काठमाडौं। नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी शुरुआत गरेको छ। सोमबार गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो। नेपालका लागि पहिलो हाफमा गीता रानाले गरेको गोल नै निर्णायक रह्यो। उनले २३औं मिनेटमा गरेको प्रहार भुटानी खेलाडीले क्लियर गर्ने क्रममा डिफ्लेक्ट भई गोलमा परिणत भएको थियो।
